कार्तिक ७, २०७६
नेपाली कांग्रेस सांसद देवेन्द्रराज कँडेलले आफूसँग भारतको नागरिकता भएको पुष्टि गर्न सके जुनसुकै कारबाही भोग्न आफु तयार रहेको बताए । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै नागरिकता तथा स्थानीय र आम निर्वाचनका लागि मतदाता सूचीमा नाम भएको पुष्टि गर्न चुनौति दिएका छन् ।
आफ्नो नाममा भारतमा कुनै जमिन पनि नभएको उनको भनाई छ । बाल्यकालदेखि कै शिक्षा भारतमा भएकाले सोही शैक्षिक प्रमाणपत्रका आधारमा ड्राइभिङ लाइसेन्स भने आफूसँग रहेको कँडेलले पत्रकार सम्मेलनमा जानकारी दिए
ड्राइभिङ लाइसेन्सको विषयमा अन्य मुलुकमा रहेका नेपालीलाई कारबाही गरे आफू पनि कारबाही भोग्न तयार रहेको उनले उल्लेख गरे ।
