गरुडाको रामचन्द्र माध्यमिक विद्यालयलाई नगर उत्कृष्ट विद्यालय घोषणा

गरुडाको रामचन्द्र माध्यमिक विद्यालयलाई नगर उत्कृष्ट विद्यालय घोषणा

विवेक शर्मा, रौतहट

रौतहट जिल्लाको मध्य भागमा रहेको गरुडा नगरपालिकाको वार्ड नं. ८ मा पर्ने श्री रामचन्द्र माध्यमिक विद्यालयालई गरुडा नगरपालिकाको नगर प्रमुख श्री इन्नु राय यादवले एक कार्यक्रम विच गरुडा नगरकै उत्कृष्ट विद्यालय घोषणा गर्नु भएको छ ।

शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मेयर यादवले उक्त विद्यालय पढाइको स्तरको साथै विद्यालयमा अध्ययन गर्ने सम्पुर्ण विद्यार्थीहरु अनुशासनमा रहनुको साथै चौतर्फी रुपमा अवल रहेको बताउनुभयो ।

विद्यालयको स्तर अझ उन्नती तथा प्रगती गर्न मेयर यादवले १ लाख रुपैया दिने घोषणा समेत गर्नु भएको छ । उक्त विद्यालयमा अध्यापन गराउने शिक्षकहरुको मेहनत तथा लगनशिल्ताको साथै विद्यालयको प्रध्यानाध्यापक श्री जंगबहादुर ठाकुर र विद्यालय व्यवस्थापन समतिको अध्यक्ष श्री वशिष्ट राय यादवको इमान्दारीता र लगनशिलताको कारण यो विद्यालय उत्कृष्ट बनेको मेयर यादवको भनाई रहेको थियो ।


 

सम्बन्धित खवर