पाँचथरमा कार्यरत प्रहरी नायव निरीक्षक थेवे असोज महिनाको सर्वोत्कृष्ट प्रहरी

पाँचथरमा कार्यरत प्रहरी नायव निरीक्षक थेवे असोज महिनाको सर्वोत्कृष्ट प्रहरी

 

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रहरी चौकी नागीथर्पु पाँचथरमा कार्यरत प्रहरी नायव निरीक्षक( सई) भिमराज थेवे असोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ । पाँचथरमा भएको हत्याको अनुसन्धान गरी आरोपीलाई पक्राउ गरेका थेबे असोज महिनाको उत्कृष्ठ प्रहरी घोषित भएका हुन् ।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आएको छ ।
हत्या जस्तो जघन्य अपराधको घटना घटाई फरार रहेका अभियुक्तहरुलाई कानूनी दायरामा ल्याउन सफल थेबेलाई सर्वाेकृष्ट घोषित गरेको प्रदेश प्रहरीले जनाएको छ ।
सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आएको छ ।

सम्बन्धित खवर