विराट राजवंशीलाई आदिवासीमा सूचीकृत गर्न पहल

विराट राजवंशीलाई आदिवासीमा सूचीकृत गर्न पहल

 

प्रदेश १ का प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले विराट राजवंशीलाई आदिवासीमा सूचीकृत गर्न पहल गर्ने बताएका छन् ।
विराट राजवंशी समाज उत्थान समितिले मंगलबार मोरङको बूढीगङ्गा गाउँपालिका–३ स्थित बाँसबारीमा आयोजना गरेको सुकरात (दिपावली) २०७६ को उपलक्ष्यमा आयोजना गरेको प्रदर्शनीमा यस्तो बताएका हुन् ।
खाना, संस्कृति र परम्पराको प्रदर्शनीको उद्घाटनमा गर्दै उनले सुखीपर्व मनाउने भएको यसलाई ‘सुकरात’ भनिएको हुनुपर्ने भन्दै यो समुदायको वेषभूषा, भाषा, रीतिरिवाज, चाडपर्व आदिमा धनी भएकाले यसको जर्गेनाबाट मुलुकमा समृद्ध कायम हुने बताए ।

सम्बन्धित खवर