ब्रेक्जिट ः प्रधानमन्त्री जोनसनको प्रस्ताव अस्वीकार

ब्रेक्जिट ः प्रधानमन्त्री जोनसनको प्रस्ताव अस्वीकार

कार्तिक ६, २०७६
ब्रेक्जिट सम्बन्धी विधेयक तीन दिनभित्र समीक्षा गर्न बेलायती प्रधानमन्त्री बोरिस जोनसनले राखेको प्रस्ताव सांसदहरुले अस्वीकार गरेका छन् । हाउस अफ् कमन्समा सांसदहरुले ब्रेक्जिट विधेयकलाई समर्थन गरेपछि त्यसको समीक्षाका लागि दिइएको समयमा भने असहमति जनाएका हुन् ।
मतदानपछि युरोपियन युनियन काउन्सिलका अध्यक्ष डोनाल्ड टुस्कले ईयूका नेताहरुले अक्टोबर ३१ को ब्रेक्जिटको म्यादलाई थप गर्न सिफारिस गर्ने र प्रधानमन्त्री जोनसनको म्याद थप्ने प्रस्ताव आएमा ईयूको काउन्सिल बैठकमा छलफलका लागि लैजाने बताएका छन् ।
आगामी जनवरीसम्म बेक्जिटको म्याद लम्बिए प्रधानमन्त्री जोनसनले आम निर्वाचनमा जोड दिनसक्ने आंकलन समेत गरिएको छ ।

सम्बन्धित खवर