रेबिज बिरुद्धको भ्याक्सिन लगाउने क्रम जारी, आज वडा नं. २ र ३ मा मात्रै ७२ वटा भ्याक्सिन हानियो

रेबिज बिरुद्धको भ्याक्सिन लगाउने क्रम जारी, आज वडा नं. २ र ३ मा मात्रै ७२ वटा भ्याक्सिन हानियो

पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिकालाई रेबिज मुक्त नगर बनाउनका लागि धमाधम रेबिज विरुद्धको भ्याक्सिन हान्ने क्रम जारी छ । आज मंगलबार वडा नं. २ र ३ मा मात्रै ७२ वटा भ्याक्सिन हानिएको छ ।

वडा नं. २ मा ४२ वटा कुकुर र २ वटा बिरालोलाई गरी जम्मा ४४ वटा भ्याक्सिन हानिएको छ । यसैगरी वडा नं. ३ मा पनि आज नै भ्याक्सिन हानिएको छ । वडा नं. ३ मा २६ वटा कुकुर र २ वटा बिरालोलाई गरी २८ वटा भ्यक्सिन हानिएको वडा नं. २ का सचिव गुणराज थापाले जानकारी दिनुभयो । सचिव थापाले प्राविधिकहरुसंग आफै लागेर भ्याक्सिन लगाउनुभएको छ । वडामा रहेका प्राय सबैजानले आफ्ना कुकुर र बिरोलाई भ्याक्सिन लागाएको वडा अध्यक्ष याम प्रसाद गुरागाईले बताउनुभयो ।

नगरमा रेबिज मुक्त बनाउनका लागि यहि कार्तिक ३ गते देखि रेबिज बिरुद्धको निःशूल्क खेप लगाइ रहेको छ । यो अभियान कार्तिक ८ गते शुक्रबार सम्म चल्ने छ ।

सम्बन्धित खवर