कांग्रेस पदाधिकारी बैठक बस्दै, उपनिर्वाचनबारे छलफल हुने

कांग्रेस पदाधिकारी बैठक बस्दै, उपनिर्वाचनबारे छलफल हुने

कात्तिक ५, २०७६
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने बैठकमा उपनिर्वाचनको तयारीबारे छलफल हुने जनाइएको छ।
मंसिर १४ मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयनका विषयमा बैठकमा छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार बैठकमा समसामयिक राजनीतिबारे पनि छलफल हुनेछ।

सम्बन्धित खवर