पथरी, मोरङको पथरीमा भइरहेको दोस्रो पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधिको लागि लेटाङ फुटबल क्लब र डाँगिहाट फुटबल क्लब खेल्ने पक्का भएको छ । बुधबार उपाधीका लागि सुनाखरी मैदानमा दुई क्लवको प्रतिस्प्रधा हुने भएको हो ।
सोमबार भएको अन्तिम सेमिफाइनल खेलमा डाँगीहाट फुटबल क्लब मोरङले पञ्चायन फुटबल क्लब सुनसरीलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेपछि डाँगिहाटले उपाधिको लागि दावेदारी प्रस्तुत गरेको हो ।
खेलमा दोस्रो हापmको २२ औँ मिनेटमा डाँगिहाटका खेलाडी अरुण लिम्बुले गरेको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ दि म्याच डाँगिहाटका खेलाडी मिलन परियार घोषित भए ।
प्रतियोगिताको विजेतालाई ८१ हजार, १११ र उपबिजेतालाई ५१ हजार, १११, ट्रफि, मेडल र प्रमाण पत्र पाउने छन् ।
मंगलबारको खेल योसेक महिला फुटबल टिम उर्लाबारी र पथरीशनिश्चरे नगरको महिला टिम तथा पत्रकार र आयोजकबिच मैत्रीपुर्ण खेल हुने आयोजक सुनाखरी युवा क्लबका खेल सचिव टाइवन राईले बताए ।