लेटाङ, मोरङको लेटाङ नगरपालिका स्थीत किण्डर मिसन वर्कको सहयोगमा पहाडी ग्रामिण विकास संस्था उत्तरी मोरङ(हर्डन)को आयोजनामा ‘बाल विवाह अन्यका लागि सरोकारवालहरुको भूमिका’ बिषयमा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सोमाबार लेटाङ नगरपालिकाको सभा हलमा भएको कार्यक्रममा विभिन्न संघसंस्था, बाल क्लबहरुको बाक्लो उपस्थीतीमा अन्तरक्रिया भएको हो । हर्डनले लेटाङ नगरपालिकामा बर्षेनी ३० जनाभन्दा बढी बालबालिकाहरु विवाह बन्धनमा बाधिने र वडा नं. १,२, ७ र ८ मा सवैभन्दा बढी बालविवाह हुने तथ्याङ् प्रस्तुत गरेका थिए । विभिन्न दातृ निकाय तथा संघसंस्थाहरुसंग सहयोग र सहकार्यमा बाल विबाहको सवै भन्दा बढी संक्रमण एरिया सो ४ वटा वडामा बाल विवाह अन्यको लागि ‘सर्वाङ्गिण विकासको लागि महिला र बालिकाहरुको स–शक्तिकरण परियोजना’ मार्फत सचेतना अभियान संचालन गर्दै आएको अभियान कर्मी सुरेश अधिकारीले बताए ।
लेटाङ नगरपालिकाले २०७७ साल पुससम्ममा बालमैत्री नगरपालिका घोषणा गर्ने योजना रहेको छ । यस उद्देश्यको साथ संस्थाले बालविवाहका अन्त्यको लागि अभियान संचालन गर्दै आएको छ । अन्तरक्रियामा सहभागी वडा नं. २ का प्रध्यानध्यपक राजेन्द्र खतिवडाले बाल विवाह आफ्नो घरमा पर्दा ढाकछोप गर्ने र अर्काको घरमा पर्दा कुरा उढाउने प्रवृतीले बाल विवाह अन्त्य हुन नसक्ने बताएका थिए । उनले अहिलेको युवतीहरु ९ र १० बर्षको उमेर देखि नै महिनावारी हुने भएकोले २० बर्षबाट घटाएर १८ बर्षमा झार्नु पर्ने माग समेत राखेका थिए । त्यसैगरी वडा नं. ७ का ओम कुमार मगरले बाल विवाहको सचेतना बुझ्ने अभिभावकलाई नभएर गाउँगाउँमा गएर बालबालिकाहरुलाई नै सचेतना कायक्रम गर्नुपर्ने बताएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि रहेका नगरपालिका प्रमुखले नगरमा बाल विवाह अन्त्य गर्न नगरपालिका लागि पर्ने बताउँदै सवैले सहयोग गर्न आग्रह गरेका थिए ।