कार्तिक ४, २०७६
यौन दुदुर्व्यवहारको आरोपमा हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयमा करिब ७ घण्टा बयानपछि अदालत उपस्थित गराइएका महरालाई हिजोदेखि लागू हुने गरी थप पाँच दिन हिरासतमा राख्न न्यायाधीश बाबुराम सुवेदीको इजलासले अनुमति दिएको हो ।
संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई यौन दुब्र्यवहार गरेको अभियोगमा काठमाडौ प्रहरीले महरालाई गत असोज १९ गते बालुवाटारस्थित सभामुख निवासबाट पक्राउ गरेको थियो । ‘राइट टू साइलेन्स’को अधिकार प्रहरी गरी महराले यसअघि प्रहरीलाई बयान दिएका थिएनन् ।
अनुसन्धानका लागि भन्दै जिल्ला अदालत काठमाडौंले दिएको १३ दिनको म्याद गत शुक्रबार सकिएपछि प्रहरीले महरालाई शनिबार अबेर अदालतमा उपस्थित गराएको थियो । दाङ क्षेत्र नम्बर तीनबाट निर्वा्चित महराले सभामुखबाट राजिनामा दिएपनि सांसद पदबाट भने राजिनामा दिएका छैन्न ।
पक्राउको केहीदिन महानगरीय प्रहरी बृत्त सिंहदरबारको हिरासतमा बसेका महरा स्वास्थ्य समस्या देखाउँदै असोज २३ गतेदेखि काठमाडौंको थापाथलिस्थित नर्भिक अस्पतालको क्याविनमा बसिरहेका छन् । असोज १८ गते महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरमा पीडित महिलाले महराविरुद्ध किटनी जाहेरी दिएकी हुन् ।
