रौतहट नरसंहारका आलम बचाउमा गृहमन्त्री

रौतहट नरसंहारका आलम बचाउमा गृहमन्त्री

काठमाडौं, सुन्दै हिटलर जस्तो लाग्ने रौतहट नरसंहारका नाइके कांग्रेस सांसद मोहमद अफताब आलम यतिबेला हिरासतमा छन् । उनको पक्षमा अहिले धरैले बचाउ गर्ने कोसिस गरिरहेका छन् । यसैबिचमा तत्कालिन गृहमन्त्री कृष्ण सिटौला पनि आलमको बचाउमा उत्रिएका हुन् ।

१२ वर्षपछि पक्राउले आफू अचम्मित भएको सिटौलाको भनाइ छ। म गृहमन्त्री छँदा अहिले आएको घटनाबारे सम्झना पनि छैन् ।

सिटौलाको भनाइ यस्तो छः ‘कांग्रेस सांसद मोहम्मद अफताब आलमलाई घटनामा जोडेर १२ वर्षपछि पक्राउ गरिएको विषयले अचम्मित छु। प्रहरीले घटनाको जानकारी गराउने हो। तर, अहिले मिडियामा आए जस्तो घटनाबारे मलाई जानकारी गराइएको सम्झना छैन्। अपराधमा गृहमन्त्रीले नभएर प्रहरीले अनुसन्धान गर्ने हो। संविधानसभा निर्वाचनपछि ९ वटा सरकार बनिसक्दा यो विषय चर्चामा नआउनु र अहिले एकाएक आउनुले आश्चर्यमा परेको छु। अदालतको निर्णय नआएसम्म आलमलाई दोषी करार गर्न सक्दैन।’

१२ वर्षअघिको बम विस्फोटका घटनामा कांग्रेस सांसद मोहम्मद अफताव आलमविरुद्ध किटानी जाहेरी दिएकाका परिवारहरु भने आफूमाथि जतिबेला जे पनि हुनसक्ने त्रासमा छन्। एक साताअघि पक्राउ परेका आलम कानुनी कार्बाहीबाट उम्किए आफूहरुको ज्यान जोखिममा पर्ने भन्दै पीडित परिवार त्रासले पिरोलिएका छन्।
यो खबर कान्तिपुर दैनिकमा छ


सम्बन्धित खवर