भारतीय प्रहरीको दादागिरी, कपिलवस्तुका एक नेपालीको अपहरण

भारतीय प्रहरीको दादागिरी, कपिलवस्तुका एक नेपालीको अपहरण

कपिलवस्तु, भारतीय प्रहरीले कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका–२ का एक नेपालीलाई अपहरण गरी भारत लगेको छ। स्थानीय ४२ वर्षीय रमजान मुलसमान भारतीय प्रहरीले आइबार साँझ सोही गाउँपालिका १ को पकडीबाट अपहरण गरेको हो। भारतीय सीमा क्षेत्र चाकर चौडाबाट प्रवेश गरेका भारतीय सुरक्षाकर्मीले पक्राउ गरी लवनी हुँदै सीमावर्ती हथिहवा दोहनी नाकाबाट भारततर्फ लगेको हो। भारतीय प्रहरीको टोलीले रमजानलाई पक्राउ गरी लगेको खबर आफूहरूलाई पनि प्राप्त भएको प्रहरी नायव उपरीक्षक सुनील मल्लले जानकारी दिनुभयो ।

अपहरणमा परेका रमजान उपर भारतका विभिन्न स्थानहरूमा अपराधिक क्रियाकलाप गरेको आरोप छ। भारतीय प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका कारण उनलाई पक्राउ गरिएको हुन सक्ने स्थानीयले आशंका गरेका छन्। घटनाबारे सीमा क्षेत्र चाकर चौडाका नेपाली सुरक्षाकर्मीहरूलाई भने खासै जानकारी छैन। साँझको समयमा पकडी क्षेत्रबाट रमजानलाई पक्राउ गरी भारतीय नम्बर प्लेटको गाडीमा राखी लगेको खबर प्राप्त भएको इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक गणेश सुवेदीले बताउनुभयो ।
सिधा अनलाइनबाट


सम्बन्धित खवर