विवेक शर्मा, रौतहट
आइतबार रौतहटको शिवनगरबाट मोटरसाइकल चोरी भएको छ । दिउँसो करिब १ बजेर ३० मिनेटको समयमा रौतहट गरुडा नगरपालिकामा पर्ने शिवनगरमा रहेको प्रसिद्ध शिव मन्दिरको पश्चिम पट्टीको गेटबाट नेपाली प्लेटको सुपर स्पलेन्डर ना ४९ प २८४२ नम्बरको मोटरसाइकल चोरी भएको हो ।
मोटरसाइकल धनी दिपेन्द्र कुमार शर्मा मोटरसाइकललाई मन्दिरको पश्चिम पट्टी लगाएर मन्दिरमा पसेको ५/७ मिनेटमै चोरी भएको बताएका छन् । पीडित दिपेन्द्रले शिवनगरको प्रहरी चौकीमा मोटरसाइकल चोरीको निवेदन दिएका छन् । खोजी कार्य जारी भइरहेको गरुडा ईलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।