पथरी, तेस्रो डाँगीहाट गोल्डकप आइतबारबाट सुरुभएको छ । मोरङको बेलबारी १० भाउन्नेमा सुरुभएको गोल्डकपको उद्घाटन प्रदेश १ सांसद एवं नेपाली कांग्रेस प्रदेश १ का प्रमुख सुचेतक केदार कार्कीले गर्नुभयो । उद्घाटन खेलमा चर्चब्वाइज क्लव काठमाडौँ विजयी बनेको छ ।
जित सगै चर्च व्वाईजले सेमिफाईनलको यात्रा तय गरेको हो । आईतबार भएको उद्धघाटन खेलमा मेचि नेत्रालय काकडभिट्टा फुटवल टे«निङ सेन्टर झापालाई ७–६ गोल अन्तरले पाखा लगाउँदै चर्च व्वाईज युनाईटेड काठमाडौँले विजयी यात्राको सुरुवात गरेको हो ।
निर्धारित समयमा खेल १–१ बराबरीमा सकिएपछि खेलको छिनोफानो टाईब्रेकरबाट गरिएको थियो । खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । दोस्रो हाफको ४९ औँ मिनेटमा काकडभिट्टाका कर्ण लिम्बुले पाएको फ्रिकिक मार्फत गोल गर्दै खाता खोलेका थिए ।
त्यसैगरी खेलको ५८ औँ मिनेटमा चर्च व्वाईजका सन्तोष न्यौपानेको पासलाई सदुपयोग गर्दै मिलन राईले प्रहार गरेको बलले जाली चुम्दा ब्वाईजले खेलमा कमव्याक गर्ने मौका पाएको थियो ।
अत्यन्तै प्रतिस्पर्धात्मक भएको खेल समयअवधि भित्र नटुंगिएपछि टाईब्रेकरमा जान बाध्य बन्यो । टाईब्रेकरमा चर्च व्वाइजका उमेश राई, पासाङ लामा, कैलाश बस्नेत, जिवन धिमाल, सन्तोश न्यौपाने र धिरेन लिम्बुले गोल गरे । काकडभिट्टाका रुपेश केसी, जिवन गुरुङ, एन्जेल गुरुङ, पुजन उपरकोटि र कर्ण लिम्बुको प्रहारले मात्रै पोस्टको दिशा पायो । आशिस चापागाँईले प्रहार गरेको बल गोलपोष्टको दाया कर्ननरमा ठोक्किएर फर्किनु नै काकडभिट्टालाई दुर्भाग्य बन्यो ।
खेलको ५ औं मिनेटमा चर्च व्वाईजका मिलन राईले फ्रि किक मार्फत प्रहार गरेको वल असफल भएको थियो । १५ औं मिनेटमा काकडभिट्टाका कर्ण लिम्बुले प्रहार गरेको फ्रि किक मार्फत प्रहार गरेको वल गोल रक्षकले असफल तुल्याएका थिए ।
त्यसैगरी २५ औँ मिनेटमा काकडभिट्टाकै रुपेश केसिले फ्रि किक मार्फत प्रहार गरेको वल पोलमा ठोकिएर बाहिरिएको थियो । खेलको म्यान अफ दी म्याच चर्च व्वाईजका मिलन राई घोषित भए । उनले नगद पाँच हजार रुपैयाँ पाए ।
बेलबारी नगरपालिका १० भाउन्नेमा सुरु भएको १० गतेसम्म चल्ने आयोजक समितिका अध्यक्ष छत्र लिम्बूले बताए । खेलमा ८ वटा टिम सहभागी रहेका छन् । बिजेता हुने टिमले ३ लाख १ हजार र उपबिजेताले १ लाख १ हजार, ट्रफि, मेडल र प्रमाण–पत्र हातपार्ने आयोजकले जनाएको छ ।