प्रदेश १ को नाम किरात राख्न विभिन्न अभियान सन्चालन गर्दै आएको किरात राई यायोक्खाले आगामी हिउँदे अधिबेशनलाई मध्य नजर गर्दै देश ब्यापी प्रशिक्षण थालेको छ । यायोक्खाको संगठन विभागको आयोजनामा सांगठन सुदृढिकरण र क्षमता अभिवृद्धिको नाममा यो अभियान सन्चालान भएको हो । यहि अभियान स्वरुप शनिवार (कार्तिक २)काठमाण्डौ जिल्लामा प्रशिक्षण भएको हो ।आगामी हिउँदे अधिवेशनमा प्रदेश १ को नामकरण बारे छलफल हुने संभावनालाई ख्याल गर्दै प्रशिक्षण सुरु गरको संगठन बिभाग प्रमुख समेत रहेका उपमहासचिव भीम राईले बताए ।
काठमाडौमा भएको प्रशिक्षणमा संगठनको संरचना र किरात प्रदेश अभियानको कार्ययोजना विषयमा उपमहासचिव भीम राई, आर्थिक योजना सम्बन्धी सहकोषाध्यक्ष पर्शुराम राई, संस्कार संस्कृती र धर्म बारेमा किरात प्रज्ञापरिषदका कुलपति जयकुमार राईले प्रशिक्षण दिएका थिए ।
त्यसैगरी भाषा, लिपी विषयमा डा. तारामणी राई, मुन्दुम सम्बन्धि भोगिराज चाम्लिङ र १ नम्बर प्रदेश किरात प्रदेश अभियान विषयमा किरायाका पूर्व उपाध्यक्ष दुर्गा राईले प्रशिक्षण दिएका थिए । कार्यक्रमको ब्यबस्थापनसमेत गरेका यायोक्खा काठमाडौको अध्यक्ष प्रमिला राईले केन्द्रीय समितिले आन्दोलन घोषणा गरे सशक्त रुपमा सहभागी हुने प्रतिवद्दता ब्यक्त गरेका छन ।
यो अभियान कार्तिकमा उपत्यका र मंसिरमा १ नम्बर प्रदेशको जिल्लाहुँदै गाउँगाउँसम्म लाने योजना रहेको यायोक्खा महासचिव जनक राईले बताए । यहि कार्यक्रम असोज ११ गते यायोक्खा केन्द्रीय अध्यक्ष दिवास राईको उपस्थितिमा भएको थियो । कार्तिक भर उपत्यका र मंसिरमा प्रदेश नं. १ भरिनै प्रशिक्षण गरि आवश्यक परे आन्दोलनमा उतार्ने योजना रहेको यायोक्खा महासचिव जनक राईले बताए । प्रशिक्षण कार्यक्रम जिल्लाहुँदै गाउँगाउँसम्म सञ्चालन गरिने उपमहासचिव भीम राईले बताए ।
