नेपाल–भारतका सुरक्षाकर्मीद्बारा सीमा क्षेत्रमा संयुक्त गस्ती

नेपाल–भारतका सुरक्षाकर्मीद्बारा सीमा क्षेत्रमा संयुक्त गस्ती

सीमा क्षेत्रमा हुने अपराधिक क्रियाकलाप नियन्त्रण गर्नका लागि कञ्चनपुरको दक्षिणी क्षेत्रमा नेपाल भारतका सुरक्षाकर्मीले शनिबारदेखि दशगजा क्षेत्रमा संयुक्त गस्तीको कार्य शुरु गरेका छन्।
तिहार लगायतको चाडपर्वलाई मध्यनजर गरी सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई चुस्तर र दुरुस्त पार्नका लागि संयुक्त गस्तीको कार्य शुरु गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताए।
प्रहरी निरीक्षक चन्दले सीमा क्षेत्रमा हुने अबैध चोरी शिकारी, तस्करी र आपराधिक कार्य नियन्त्रण सँगै सीमा स्तम्भको सुरक्षाका लागि संयुक्त गस्तीको कार्य भइरहेको बताए। उनले भने, ‘चाड पर्वका बेला हुने अबैध सामानको तस्करी रोक्न र सीमा क्षेत्रमा आवतजावतको कार्यलाई सहज बनाउनु गस्तीको उद्देश्य रहेको छ।’
नेपाल भारतका सुरक्षाकर्मीले संयुक्त रुपमा गस्ती गर्दा एक आपसमा सम्बन्ध बलियो हुने र सीमा क्षेत्रमा देखा पर्ने चुनौतीको सामना गर्न सहज हुने उनले बताए।
गस्तीमा सशस्त्र प्रहरी बल बर्डर आउट पोष्टका ११ जवान, इप्रका बेलौरीका ११ जवान भारतको तर्फबाट एसएसविका कमलापुरी कम्पनीका प्रहरी निरीक्षक भेरजी सोधाको कमाण्डमा रहेका छ जना र एसएविका शारदापुरी कम्पनीका प्रहरी नायव निरीक्षक सन्दिपकुमारसहित ४ जनाको टोलीले संयुक्त गस्तीको कार्यमा सहभागिता जनाएका छन्।
थाहाखबर

सम्बन्धित खवर