हसन्दहकी झुमाले गरिन आत्महत्या

हसन्दहकी झुमाले गरिन आत्महत्या

पथरी, मोरङ पथरी शनिश्चरे ६ तित्रिझाँककी झुमा आले मगरले आत्महत्या गरेकी छन् । २६ वर्षीय झुमा विवाह गरेको भएता पनि श्रीमानसंगै माइतमा नै बस्दै आएकी थिइन् ।

हिजो (शनिबार) बेलुका करिब ५ बजेको समयमा श्रीमानसंग सामान्य विवाद भएको परिवारले जनाएको छ । त्यतिकैमा केही समय पछि घरको कोठामा झुण्डिएको अवस्थामा झुमाको शव फेला परेको थियो । परिवारमा बाबुआमा भने पश्चिमतिर माइत/ससुराल गएको जनाइएको छ । झुमाको शव पोष्टमार्टमका लागि लाने तयारी भइरहेको इलाका प्रहरी कार्यालय पथरीले जानकारी दिएको छ ।


सम्बन्धित खवर