ट्रयाकटरले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु, एक जना घाइते

ट्रयाकटरले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु, एक जना घाइते

राजेन्द्र महतो, लहान

पुर्व पश्चिम राजमार्ग अन्र्तगत सिरहाको गोलबजार नपा ४ मैना बती पुल नजिकै ट्रयाकटरले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पश्चिम दिशाबाट पुर्वतर्फ आउदै गरेको प्रदेश–२–०२–००१ त ०४४६ को १ क २४१७ नम्बरको ट्रयाकटरले बिपरित दिशाबाट जादै गरेको स ११ प ४६३७ नम्बरको मोटरसाईकल लाई ठक्कर दिदा मोटरसाईकल चालक गोलबजार नपा १२ का १८ वर्षिय दुर्गेश मुखियाको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक मुखिया गम्भीर घाइते भएपछी उनलाई उपचारको लागि गोलबजारको एक अस्पतालमा लगिएको थियो तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि बिराटनगर लैजाने क्रममा बाटोमा उनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका ट्राफिक प्रहरी निरीक्षक खगेन्द्र एकतेनले बताएका छन् ।

सोही दुर्घटनामा मोटर साइकल पछाडि सबार गोलबजार नपा १२ कै कृष्ण मुखिया गम्भीर घाइते भएका छन् । उनको बिराट नगर स्थित बिराट नर्सिङ होममा उपचार भइरहेको छ। ठक्कर दिने ट्रयाकटर र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

सम्बन्धित खवर