प्रहरीद्वारा सिरहामा ८ हजार ५ सय गाँजाको बिरुवा नष्ट

प्रहरीद्वारा सिरहामा ८ हजार ५ सय गाँजाको बिरुवा नष्ट

राजेन्द्र महतो, लहान
सिरहाको गोलबजार नगरपालिका १० बाट सिरहा प्रहरीले शनिबार करीब ८ हजार ५ सय गाँजाको बिरुवा फडानि गरी नष्ट गरेको छ ।

विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको गस्ती टोलिले सिरहाको गोलबजार नगरपालिका १० मा अबैध रूपमा गरिएको गाजाको खेतीबाट करीब ८ हजार ५ सय गाँजा उखेलेर नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) चतुर्वेदीका अनुसार प्रहरीले पत्ता लगाएको गाँजा फडानी नसकिएसम्म जारी रहनेछ। गाँजा खेती, उत्पादन, खरिद बिक्री तथा ओसारपसार गर्नेलाई लागुऔषध नियन्त्रण ऐनअनुसार कारबाही गरिने चतुर्वेदीले बताएका छन्।

नेपालमा एक किलो गाँजा १ हजार देखि १५ हजार रुपैयाँ सम्ममा बिक्री हुने गरेको बताइन्छ भने भारतमा २० हजार प्रतिकिलो रुपैयाँमा बिक्री हुने गरे पाइन्छ। नेपाली बजारभन्दा भारतीय बजारमा यसको माग बढी हुने र आम्दानी पनि धेरै हुने हुँदा सीमा क्षेत्रमा भारतीय गाँजा व्यापारीहरुले खेती गर्न स्थानीयहरुलाई अगाडिनै गाजा रोप्न रकम दिने गरेको बताइन्छ।

सम्बन्धित खवर