पथरीमा जारी फुटबलको सेमीफाइनल समिकरण पुरा, आजको खेलमा डाँगीहाट बिजयी

पथरीमा जारी फुटबलको सेमीफाइनल समिकरण पुरा, आजको खेलमा डाँगीहाट बिजयी

पथरी, दोस्रो पथरी शनिश्चरे नकआउट फुटबलको सेमीफाइनल समिकरण पुरा भएको छ । मोरङको पथरीमा जारी खेलमा शनिबार डाँगीहाट सेमीफाइनल प्रबेश गरेको छ । आजको खेल दमक फटबल क्लवका तर्फबाट अनिल तिम्सिनाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेल अवधिभर निकै प्रतिस्प्रधात्मक बनेको थियो । खेलको निर्धारित समयको अन्तिम मिनेटमा डाँगिहाटका खेलाडी बिक्रम तामाङले गोल गर्दै खेललाई बराबरीमा पु¥याए ।

अतिरिक्त समयमा पनि कुनै गोल हुन नसकेपछि ट्राइब्रेकरमा धेकेलिएको खेलमा डाँगिहाटले सहज जित निकाल्न सफल भयो । ट्राइब्रेकरमा ४–२ गोल अन्तरले दमक फुटबल एकेडेमी झापालाई पराजित गर्दै डाँगिहाट फुटबल क्लब मोरङ प्रतियोगिताको सेमि फाइनलमा प्रवेस गरेको हो ।

ट्राइव्रेकरमा डागिहाट मोरङको लागि शङ्कर राई, विक्रम लिम्बू, विक्रम धिमाल, सुरेन खवासले गोल गरेका थिए । दमकका लागि सुसन कार्की, किस्मत लिम्बुले गोल गरेपनी अनिश खड्काले प्रहार गरेको गोल पोस बाहिरिएको थियो । राजन धिमालको प्रहारलाई टिमको रक्षक छिरिङ तामाङले विफल बनाएका थिए ।

खेलको म्यान अफ दि म्याच डाँगिहाटका गोल रक्षक छिरिङ तामाङ घोषित भए ।

आइतबारको पहिलो सेमिफाइनल खेल लेटाङ फुटबल क्लब र योसेक फुटबल क्लब उर्लाबारी मोरङवीच प्रतिस्पर्धा हुने आयोजक सुनाखरी युवा क्लबका खेल सचिव टाइवन राईले बताए ।

सेमिफाइनलमा मोरङको लेटाङ, उर्लाबारी, डागिहाट र सुनसरीको पञ्चायन फुटबल क्लब धरान प्रबेश गरिसकेका छन् ।

प्रतियोगिताको बिजेताले ८१ हजार, १११ र उपबिजेताले ५१ हजार, १११, ट्रफि, मेडल र प्रमाण पाउनेछन् ।

सम्बन्धित खवर