एएफसी च्याम्पियनसिपका लागि ३१ खेलाडी छनोट

एएफसी च्याम्पियनसिपका लागि ३१ खेलाडी छनोट

कात्तिक २, २०७६
१९ वर्षमुनिको एएफसी च्याम्पियनसिप २०२० को छनोट खेलका लागि नेपालको ३१ सदस्यीय खेलाडी छनोट गरेको छ। प्रशिक्षक मेघराज केसीले ४८ जनाबाट आज ३१ खेलाडी छनोट गरेका हुन्। समूह डी मा नेपाल सहित युएई, इरान र कजाकस्तान रहेका छन्।
छनोटमा परेका खेलाडीहरुमा गोलकिपरमा विशाल सुनार, रोहित कार्की, सूर्य अधिकारी र पूजन होना रहेका छन्। यसैगरी डिफेन्डरमा विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, असिम गुरुङ, अन्जल महर्जन, नवीन गुरुङ, रोशन दोङ, विकाश खवास, योगेश गुरुङ, विजयी श्रेष्ठ, निराजन महर्जन छनोट भएका छन्।
दर्शन गुरुङ, शिशिर लेखी, रोशन राना मगर, रन्जन पुन, आकाश बुढा मगर, जय गुरुङ, मनिष थापा, नितिन थापा, अनिल महर्जन र दिनेश हेमजन मिडफिल्डरका रुपमा छनोट भएका छन्
भने फरवार्डमा बृजेश चौधरी, निरज चौधरी, मनिष डाँगी, राजिब लोप्चन, रेजिन सुब्बा र दीपेश आले मगर छनोट भएका छन्। इरानमा हुने छनोट खेल नोभेम्बर ६ देखि सुरु हुनेछ।

सम्बन्धित खवर