कार्तिक २, २०७६
दोश्रो पथरीशनिश्चरे फुटवल प्रतियोगीता अन्तर्गतको शुक्रबारको खेलमा लेटाङ्ग विजयी भएको छ । सशस्त्र प्रहरी एपिएफ झापा र लेटाङ्ग फुटबल क्लब बिच भएको खेलमा ट्राइवेकरमा विभागीय टोली सशस्त्र प्रहरी झापालाई ५–३ गोलअन्तरले हराउदै लेटाङ्गले सेमिफाइनलको यात्रा तय गरेको हो ।
निर्धा्रित समयको खेलमा दुवैतर्फ गोल हुन नसकेपछि खेल ट्राइवेकरमा पुगेको थियो । ट्राइवेकरमा लेटाङका खेलाडीहरु शुशिल राई, यमन मगर, भुवन राई, अनिमेश श्रेष्ठ र गोल रक्षकसमेत रहेका अन्जेत श्रेष्ठले गोल गरेका थिए । एपिएफका तर्फबाटै खेलाडी विशाल मग्राती, युबराज श्रेष्ठ, रोसेस श्रेष्ठले गोल गरे भने रबिन खड्काले प्रहार गरेको गोल बाहिरिएको थियो । खेलको म्यान अफ दि म्याच लेटाङको गोलरक्षक अन्जेत श्रेष्ठ घोषित भए ।
शनिवारको खेल दमक फुटबल एकेडमी झापा र डाँगिहाट फुटबल क्लब बेलबारी मोरङवीच हुने आयोजक खेल संयोेजक नविन ढकालले जानकारी दिए । मोरङ उर्लाबारीको योसेक फुटवल क्लव र पञ्चायन क्लव सुनसरी प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरिसकेको छ ।
८१ हजार १ सय ११ रुपियाँ प्रथम पुरस्कार रहेको प्रतियोगितामा द्वितीय हुने टोलिले ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगितामा प्रथम, द्वितीय पुरस्कारको अलावा विधागत तर्फ उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट प्रशिक्षक लगायतलाई पुरस्कृत गरिने प्रतियोगिता संयोजक ढकालले बताए । प्रतियोगीता पथरी शनिश्चरे १ स्थित सुनाखरी खेल मैदानमा संचालन भैरहेको छ ।
