सिरहा प्रहरीद्वारा भारीमात्रामा लागूऔषधसहित दुई युवा पक्राउ

सिरहा प्रहरीद्वारा भारीमात्रामा लागूऔषधसहित दुई युवा पक्राउ

राजेन्द्र महतो, लहान

सिरहाको बरियारपट्टी गाउँपालिका कचनारीबाट भारीमात्रामा लागूऔषधसहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका विशेष प्रहरी टोलि र प्रहरी चौकी कचनारीबाट खटिएको टोलिले सिरहाको गोलबाजार नगरपालिका ६ को प्रेम कुमार साहको छोरा २० वर्षीय गणेश कुमार साह र नरहा गाउँपालिका १ को श्याम सुन्दर यादवको छोरा २० वर्षीय नवीन कुमार यादवलाई नेपालमा प्रतिबन्ध लगाईएका ८९ बोतल डीलक्स नामक लागुऔषध सहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुबै कारोबारी निकै समय देखि लागुऔषध ओसारपोसार कार्यमा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक एसपी उमा प्रसाद चतुर्वेदीले बताएका छन् ।

पक्राउ परेका दुबै जनालाई आबश्यक कार्बाही तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएका छन् ।

सम्बन्धित खवर