सुन्दरहरैचामा एक दिने मुस्लिम महिला अन्तरकृया कार्यक्रम सम्पन्न

सुन्दरहरैचामा एक दिने मुस्लिम महिला अन्तरकृया कार्यक्रम सम्पन्न

राजकुमारी तामाङ
०१ कार्तिक २०७६
मोरङको सुन्दरहरैचा नगरपालिकामा रहेको एक मात्र मदरसा स्कुलमा एक दिने मुस्लिम महिला अन्तरकृया कार्यक्रम बिहिबार सम्पन्न भएको छ ।
सुन्दरहरैचा ९ बिराटचौकमा रहेको सिराजुल उलुम मदरसामा सो अन्तरक्रिया सम्पन्न भएको हो । मुस्लिम महिला बक्ता सिमा खान संग १०० जना मुस्लिम महिला बिच अन्तर्कृया भएको थियो ।
मुस्लिम महिला ड्रेसको कारणले नै पछि परेको हो या हैन,बाल बिबाह किन स्वीकार गर्ने,शिक्षाको उज्यालो ज्योति बाट किन मुस्लिम बालबालिका पछाडि लगायतका विषयमा छ्लफल भएको थियो ।
सो कार्यक्रम सि डि एफ मोरङ आयोजना तथा यु एम एन सुनसरीको सहयोगमा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर