सांसद साह प्रकरण ः मुद्दा पेश, थुनछेक बहस आज

सांसद साह प्रकरण ः मुद्दा पेश, थुनछेक बहस आज

०१ कार्तिक २०७६
विमानस्थलस्थित बुद्धएयरको काउन्टर तोडफोड गरेको आरोपमा पक्राउ परेका प्रतिनिधिसभाका सांसद प्रमोद साहविरुद्ध चलाइएको

मुद्दा जिल्ला अदालतमा बिहीबार नै पेश गरिएको छ भने अदालतमा शुक्रबार आज थुनछेकको बहस हुनेछ ।
सरकारी वकिल कार्यालय, जनकपुरले सांसद साहविरुद्धको मुद्दा अदालतमा बिहीबार अपरान्ह पेश गरिएको बताएको छ । सोमबार काठमाडौं उड्न जनकपुर विमानस्थल पुगेका सांसद साहले जहाज ढिलो भएको आक्रोसमा बुद्धएयरको काउन्टरमा लात्ती प्रहार गरेका

थिए ।
उनलाई मंगलबार प्रहरीले पक्राउ गरेर जनकपुर ल्याएको थियो । बुधबार जिल्ला अदालतले अनुसन्धानका लागि प्रहरीलाई ४ दिनको

म्याद दिएको थियो । चार दिनको म्याद सकिन दुई दिन बाँकी नै छँदा जिल्ला प्रहरी कार्यालय, धनुषाको तोडफोड मामिलाको सबै अनुसन्धान सकेको छ ।
प्रहरीले बुझाएको अनुसन्धानको फायल र सांसद साहसित लिइएको वयानलाई आधार बनाएर सरकारी वकिल कार्यालयले बिहीबार अदालतमा मुद्दा पेश गरिएको सरकारी वकिल कार्यालयका प्रवक्ता शान्ति बरालले बताउनुभयो । उहाँले सांसद साहविरुद्ध हवाई यातायातसंग सम्बन्धित व्यक्तिको सुरक्षाविरुद्धको कसुरमा मुद्दा दायर गरिएको बताउनुभयो ।
सांसद साहलाई पक्राउ गरेको विरोधमा उनको दल राष्ट्रिय जनता पार्टी आन्दोलनरत्त छ । उनी पक्राउ लगत्तै बन्द, चक्काजाम र प्रदर्शनमा उत्रिएका राजपाले शनिबार जनकपुर बन्दको समेत आह्वान गरेको छ ।

सम्बन्धित खवर