पथरी, सुरुवाती २ गोलको अग्रता जोगाउन नसक्दा पथरी स्पोर्टिङ क्लब पराजित भएको छ । ट्राइबेकरमा पथरीलार्इ हराउदै पञ्चायन फुटबल क्लब सुनसरी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मोरङको पथरीमा जारी पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिताको विहिबारको खेलमा निर्धारित समयमा २/२ गोलको बराबरी भएपछी खेल ट्राइबेकरमा लम्बिएको थियो ।
खेल अवधिभर २ बराबर गोल भएपछि ट्राइवेकरमा पञ्चायन धरानको तर्फबाट अजित तामाङ, आविस्कार खड्का र रोशन भुजेलले गोल गरेका थिए ।
आयोजक पथरीको तर्फबाट सन्तोष न्यौपानेले गोल गरेपनी सुबास तामाङ, मीन धिमालले हानेको गोल पोस पाहिरिएको थियो । अर्का खेलाडी विशाल पाण्डेले प्रहार गरेको गोल धरानका गोल रक्षक निशान राजधामिले रोकेका थिए ।
खेल अवधिमा पहिलो हापmको २ मिनेटमा आयोजक पथरीशनिश्चरेका खेलाडी योगेस तामाङ र २७ औं मिनेटमा विशाल पाण्डेले गोल गरेर आफ्नो टिमलाई २–० गोलको अन्तरले अगाडि बढाएका थिए ।
दोस्रो हापm सुरु भएको ६ र ७ औं मिनेटमा धरानका तिर्थ बस्नेतले गोल फर्काउदै खेल बराबरीमा पुर्याएका थिए । खेलको म्यान अफ दि म्याच धरानका तिर्थ बस्नेत घोषित भए ।
भोलि (सुक्रबार) को खेल शसस्त्र प्रहरी बेस क्याम्प (एपीएफ) झापा र साबिक विजेता लेटाङ फुटबल क्लब मोरङवीच प्रतिस्प्रधा हुने आयोजक सुनाखरी युवा क्लबका खेल संयोजक नवीन ढकालले बताए ।