दोश्रो पथरी शनिश्चरे नकआउट फुटबलमा माल्दिनीको ह्याट्रिक, उद्घाटन खेलमा योसेक विजयी

दोश्रो पथरी शनिश्चरे नकआउट फुटबलमा माल्दिनीको ह्याट्रिक, उद्घाटन खेलमा योसेक विजयी

पथरी, दोश्रो पथरी शनिश्चरे नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा माल्दिनी शुब्बाको ह्याट्रिकसंगै योसेक क्लब उर्लाबारी विजयी बनेको छ। बुधबारबाट सुरु खेलमा सुनाखरी फुटबल क्लबलाई २ का विरुद्द ४ गोल गर्दै योसेकले पहिलो चरण पार गरेको हो।

पथरी शनिश्चरे १ स्थित सुनाखरी खेल मैदानमा भएको खेलमा पहिलो हाफको १२ औँ मिनेटमा माल्दिनी सुब्बाको गोलले अग्रता लिएको योसेकले १६ औँ मिनेटमा सन्जय धिमालको गोलबाट अग्रता दोब्बर पारेको थियो। टिमको लागि बाकी २ गोल समेत माल्दिनी सुब्बाले गर्दै ह्याट्रिक पूरा गरेका छन्। सुनाखरी फुटबल क्लबका लागि भने सुमन राई र देवराज गुरुङ्गले समान १, १ गोल गरे पनि जितका लागि प्रयाप्त हुन सकेन । उद्घाटन खेलको मेन अफ द म्याच बिजेता टोलिका ह्याट्रिककर्ता माल्दिनी सुब्बा घोषित हुँदै नगद पुरस्कार र ट्रफी प्राप्त गरे। ८१ हजार १ सय ११ रुपैयाँ प्रथम पुरस्कार रहेको प्रतियोगितामा द्वितीय हुने टोलिले ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ।

प्रतियोगितामा आयोजक सुनाखरी फुटबल क्लब, योसेक फुटबल क्लब, विभागिय टोलि एपिएफ फुट्बल क्लब, लेटाङ फुटबल क्लब, पञ्चायन फुटबल क्लब सुनसरी , पथरी स्पोर्टिङ क्लब, दमक फुटबल एकेडेमी र डाँगिहाट फुटबल क्लबको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष मिलन राईले जानकारी दिए।

प्रतियोगितामा प्रथम, द्वितीय पुरस्कारको अलावा विधागत तर्फ उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट प्रशिक्षक लगायतलाई पुरस्कृत गरिने प्रतियोगिता संयोजक नवीन ढकालले बताए। प्रतियोगीता पथरी शनिश्चरे १ स्थित सुनाखरी खेल मैदानमा संचालन भैरहेको छ। पहिलो चरणको दोश्रो खेलमा पञ्चायन फुटबल क्लब सुनसरी र पथरी स्पोर्टिङ क्लब बिच प्रतिस्पर्धा हुनेछ। पहिलो चरणको तेश्रो खेल एपिएफ केर्खा र लेटाङ फुलबल क्लब बिच हुनेछ भने अन्तिम खेलमा दमक फुटबल क्लब र डाँगिहाट फुटबल क्लब आमनेसामने हुनेछन। कार्तिक ३ र ४ गतेको सेमिफाइनल खेल पश्चात् उपाधीका लागि कार्तिक ६ गते खेल हुनेछ। प्रतियोगिता संचालनमा पथरी शनिश्चरे परिवार हङकङ , पथरी शनिश्चरे नगरपालिका लगायतको सहयोग रहने आयोजकले जानकारी दियो। आयोजकले ८ लाख ५२ हजार रुपैयाँको अनुमानित खर्चमा कार्यक्रम सम्पन्न गर्ने योजना बनाएको छ।


सम्बन्धित खवर