सिरहाको पोर्ताहा मा.वि.मा तालाबन्दी, पत्रकारलाई कार्वाही गर्ने धम्की

सिरहाको पोर्ताहा मा.वि.मा तालाबन्दी, पत्रकारलाई कार्वाही गर्ने धम्की

राजेन्द्र महतो, लहान
सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका- ३ स्थित पोर्ताहा स्कुलमा स्थानियले विद्यालयमा उमेर हद नाघिसकेका व्यक्तिलाई कागजी कीर्ते गरी लेखापाल नियुक्त गरिएको भन्दै तालाबन्दी गरेका छन । पोर्ताहा मा.वि.को प्रशासनमा असन्तुष्ट विद्यालय व्यवस्थापन समिति सदस्य लगायत  स्थानीय अभिभावकले सोमबार दिउँसो तालाबन्दी गरेका हुन्।

भगवानपुर गाउँपालिका- २ नहरारिगौल घर भएका जागेश्वर सिंहलाई उमेर हद नाघेपनि नियुक्ति गर्दा स्थानीयले बिरोध गर्दै तालाबन्दी गरेकाा छन्।

विद्यालय व्यवस्थापन समितिका सदस्यद्वय नथुनी साह र नारायण यादवको नेतृत्वमा नियमित पठनपाठनमा बाधा नपुग्ने गरी प्रशासनिक कामकाज रोक्का गर्ने उद्देश्यले तालाबन्दी गरिएको जनाएइएकाे छ ।

विद्यालयका प्राधानाध्यापक घुरन यादवका अनुसार विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार पछिल्लो १५ वर्षदेखि विद्यालयमा कार्यरत सिंहलाई काममा राखिएको बताएका छन्।
यसै बिच लेखापालको नियुक्तिको विषय, विद्यालय व्यवस्थापन समितिको निर्णय र तालाबन्दीको बारेमा समाचार नलेख्न समितिका अध्यक्ष सन्तोषकुमार यादवले नयाँ पत्रीका राष्ट्रिय दैनिकका सिरहा सम्वादाता मणीलाल विश्वकर्मालाई धम्की दिएका छन्। समितिकै दुई जना सदस्यको अगुवाईमा असन्तुष्ट अभिभावकहरुले विद्यालय प्रशासनमा गरेको तालाबन्दीको बारेमा सोध्दा अध्यक्ष यादवले तालाबन्दीको बारेमा सामाचार लेखे तपाईंलाई कारबाही गर्छु धम्क्याउँदै भनेका छ्न्।

सम्बन्धित खवर