गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल स् भौतिक प्रगति ८२ प्रतिशत, सन् २० को सुरुमै परीक्षण उडान

गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल स् भौतिक प्रगति ८२ प्रतिशत, सन् २० को सुरुमै परीक्षण उडान

आश्विन २८, २०७६
भैरहवाको निर्माणाधीन गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणको ८२ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ । विमानस्थल आयोजनाका अनुसार अबको अधिकांश काम प्राविधिक र इलेक्ट्रो मेकानिकल भएकाले छिटपुट र साना स्ट्रक्चरल काम मात्र बाँकी छन् । यो कामको भार १५ प्रतिशत रहेको छ । सम्पन्न भएपछि मुलुककै दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थलका रूपमा रहने यो विमानस्थल त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलभन्दा पनि अत्याधुनिक हुनेछ ।
“आयोजना समयमा नै सम्पन्न गर्ने काम निरन्तर भइरहेको छ, दशैँ बिदाको समयमा समेत हामीले विमानस्थल निर्माणको काम रोकेनौँ, मुख्य काम काम डिसेम्बरभित्र सम्पन्न गरी सन् २०२० को पहिलो तीन महिनाभित्र परीक्षण उडान गरी निरन्तर सञ्चालन गर्नेतर्फ हामी अघि बढेका छौँ”– आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिनुभयो ।
दशैँ बिदाको बेलासमेत पर्यटनमन्त्री योगेश भट्टराईले विमानस्थलको अवलोकन गरी यसको प्रगतिबारे जानकारी लिनुभएको थियो । “पछिल्लो समस्याको बारेमा हामीले मन्त्रीलाई समेत जानकारी गराएका छौँ, भविष्यका सम्भावित समस्याको समाधानमा उहाँको प्रतिबद्धता रहेको छ”– अधिकारीले भन्नुभयो । विशेष गरी आईसीपी–०२ अन्तर्गत विभिन्न उपकरण आयात गर्दा हुने समस्या कसरी समाधान गर्ने भन्ने विषयमा मन्त्रीसँग गम्भीर छलफल भएको पनि आयोजना प्रमुख अधिकारीले बताउनुभयो ।
“उपकरण जडानको काम पनि करिब तीन महिनामा सकिने प्रमुख अधिकारीले बताउनुुभयो । अहिले विमानस्थलमा टर्मिनल भवन फिनिसिङ र कार पार्किङको काम भइरहेको छ । यी दुईको काम अबको दुई महिनामै सक्ने तयारी छ । त्यसैगरी एसी सिस्टम, टर्मिनल भवनभित्र विद्युतीय उपकरण जडानको काम पनि भइरहेको आयोजना प्रमुख अधिकारीले जानकारी दिनुभयो । त्यसैगरी विमानस्थलको धावनमार्ग्भित्र फाउन्डेसनको काम पनि अगाडि बढाइएको छ । “यी काम सकिएपछि भौतिक पूर्वाधारको सबै काम सकिन्छ, त्यसपछि गार्डे्निङको काम गरेसँगै विमानस्थल अन्तर्रा्ष्ट्रिय उडानका लागि तयार हुन्छ”– अधिकारीले भन्नुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईले पटकपटक आगामी डिसेम्बरभित्रै विमानस्थल निर्माण सक्न निर्देशन दिएकाले उहाँको निर्देशनबमोजिम नै डिसेम्बरसम्म भौतिक पूर्वाधारको काम सक्ने गरी तीव्रता दिइएको आयोजना प्रमुख अधिकारीले बताउनुभयो । “भौतिक पूर्वाधारको काम सकिएपछि सन् २०२० को पहिलो तीन महिनामा फिनिसिङको काम सकेर परीक्षण उडान गर्ने तयारी छ, त्यसपछि आयोजना हस्तान्तरणको प्रक्रिया सुरु हुन्छ”–उहाँले भन्नुभयो ।
मुलुकको प्रतिष्ठासँग जोडिएको यो अन्तर्रा्ष्ट्रिय विमानस्थल डिसेम्बरभित्रै सम्पन्न गर्न आयोजना लागेको छ । आयोजनाको काम अन्तिम अवस्थामा पुग्दै गर्दा नयाँ–नयाँ समस्या देखिँदै जाने भएकाले ती समस्याको समाधान गर्दै कुनै पनि हालतमा डिसेम्बरअघि सम्पन्न गरी नेपाल भ्रमण वर्षको पहिलो त्रैमासिकभित्र उडान सुरु गर्नुपर्ने अधिकारीले बताउनुभयो ।
गोरखापत्र अनलाइन

सम्बन्धित खवर