२०७६ असोज २८ गते
‘नो ब्रा मुभमेन्ट’ अर्थात् ब्रा नलगाउने अभियान चलाएकी दक्षिण कोरियाकी प्रसिद्ध पप गायिका मृत फेला परेकी छन् । राजधानी सोलनजिकै रहेको आफ्नो घरमा गायिका सुली सोमबार मृत फेला परेकी हुन् ।
उनका म्यानेजरले घरको दोस्रो तलामा मृत फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । उनले आत्महत्या गरेको अनुमानमा अनुसन्धान अघि बढाइएको त्यहाँको प्रहरीले जनाएको छ । यद्यपि घटनास्थलमा सुसाइड नोट भने फेला परेको छैन ।
२५ वर्षीया सुलीको वास्तविक नाम चोप जिन(रि हो । उनले दक्षिण कोरियामा ब्रा लगाउने(नलगाउने कुरा महिलाको निजी मामिला एवम् स्वतन्त्रताको कुरा हो भन्ने सन्देश फैलाएकी थिइन् ।
