असोज २८, २०७६ दमक
झापाको पुरानो व्यवासायिक केन्द्र गौरादह बजारमा बजारका आधुनिक संरचना निर्माण गरी पार्कको रुप दिइएको छ। करिव १ करोड ४० लाख रुपैयाँको लागतमा बजारका संरचना निर्माण गरिएको हो। तर यसलाई पार्कको रुप समेत दिइएको छ।
गौरादह १ स्थित बजार क्षेत्रमा गाई, पोखरी, सारस र बकुल्लाको प्रतिमा सहितको पार्क र बजार निर्माण गरिएको हो। बजार क्षेत्रलाई आन्तरीक पर्यटन र मनोरञ्जनको स्थानको रुपमा समेत विकास गर्ने उद्देश्यले निर्मित बजार र पार्ककको प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कुमार कार्कीले उद्घाटन गरे।
गौरादहबासी समेत रहेका मन्त्री कार्कीले बजारलाई अझ सुन्दर आकर्षक बनाउन र यसको अझ स्तरोन्नति गर्न प्रदेश सरकारको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त छन्।
गौरादह बजारलाई स्तरोन्नतिका लागि प्रदेश सरकारबाट १ करोड, गौरादह नगरपालिकाबाट पहिलो चरणमा ३० लाख र दोस्रो चरणमा ८ लाख र वडा नं. १ बाट ३ लाख बजेट प्राप्त बजेट प्राप्त भएपछि बजार क्षेत्रलाई व्यवस्थित र स्तरोन्नति गरिएको बजार व्यवस्थापन समितिका सचिव संजिव कार्कीले जानकारी दिए।
गौरादहलाई बजार मात्र नभई पर्यटकीय क्षेत्रको रुपमा समेत विकास गर्ने लक्ष्यसहित पर्यटकीय गन्तव्यहरूको विकासमा स्थानीय सरकार लागेको नगरप्रमुख रोहितकुमार साहले बताएका छन्।
