क्यानको निलम्बन फुकुवा

क्यानको निलम्बन फुकुवा

२८ असोज, २०७६
अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपालको निलम्बन फुकुवा गरेको छ । आईसीसीले सर्त सहित नेपालमाथिको निलम्बन फुकुवा गरेको हो । दुबईमा बसेको बैठकले यो निर्णय गरेको हो ।
नेपाल क्रिकेट संघको नयाँ चुनाव भएपछि आइसीसीको बैठकबाट निलम्बन फुकुवा गर्दै आईसीसीले केही सर्त राखेको छ । आईसीसीको बैठकले नेपाल क्रिकेट निलम्बन फुकुवाका लागि आर्थिक नियमावलीका साथै व्यवस्थापन कसरी गर्ने, क्यानको कार्यालय व्यवस्थापनलाई पनि अगाडि राखेको छ ।
आईसीसीको निलम्बन फुकुवा भएपनि आर्थिक पारदर्शिता, आर्थिक रिपोर्ट लगायतका कामहरु कसरी गर्ने भन्ने पनि ठूलो चासोका रुपमा रहेको छ ।

सम्बन्धित खवर