राष्ट्रपति सीको भ्रमणमा चुस्त सुरक्षा व्यवस्थाको चीनद्वारा नेपाली सुरक्षाकर्मीको प्रशंसा

राष्ट्रपति सीको भ्रमणमा चुस्त सुरक्षा व्यवस्थाको चीनद्वारा नेपाली सुरक्षाकर्मीको प्रशंसा

२०७६ असोज २७ सोमबार
चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणमा चुस्त सुरक्षा व्यवस्था मिलाएको भन्दै चिनियाँ पक्षले नेपाली सुरक्षाकर्मीको प्रशम्सा गरेको छ । कुनै कमजोरी हुन नदिई सुरक्षा प्रबन्ध मिलाएकोमा उनीहरुले धन्यवादसमेत दिएका छन् ।
सुरक्षा व्यवस्थाबाट चिनियाँ पक्ष खुशी भएर धन्यवाद दिएको गृहमन्त्री रामबहादुर थापा‘बादल’ले सोमबार गृहमन्त्रालयमा आयोजित बैठकमा जानकारी दिए । प्रभावकारी रुपमा सुरक्षा योजना कार्यान्वायन गरेकोमा बादलले सुरक्षाकर्मीलाई धन्यवाद दिएका छन् ।
यसले विश्वस्तरमै नेपालको सुरक्षा राम्रो रहेको सन्देश प्रवाह भएको उनले बताए । सरकारले दिएका जिम्मेवारी सुरक्षाकर्मीले धेरै राम्रो ढंगले निभाएको भन्दै निती निर्माणमा संलग्नदेखि सडकमा खटिने सुरक्षाकर्मीसम्मको योगदानले भ्रमण सफल भएको उनको भनाई छ ।
गृहमन्त्री थापाले नेपाल एक चीन निती प्रति प्रतिवद्ध रहेको दोहाराउँदै आगामी दिनमा पनि नेपालबाट चीन विरोधी कुनै गतिविधि नहोस् भनेर सतर्क रहन सुरक्षा निकायका प्रतिनिधिहरुलाई निर्देशन दिएका छन् ।
चिनियाँ राष्ट्रपति सिको भ्रमण ऐतिहासिक भएको तथा नेपालको आर्थिक, सामाजिक, सास्कृतिक विकासमा यो भ्रमण कोशेढुङ्गा सावित हुने उनको भनाई छ
बैठकमा गृहसचिव प्रेमकुमार राईले सफल सुरक्षा व्यवस्थापनका लागि सुरक्षाकर्मीहरुलाई बधाई तथा धन्यवाद दिँदै यो अनुभवले आगामी दिनमा ठुलो सहयोग पुग्ने बताए ।
बैठकमा सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक पुस्कर कार्की, नेपाली सेनाका उपरथी शशिचन्द्र बहादुर सिंह लगायतको सहभागिता रहेको थियो ।
नया पत्रिका

सम्बन्धित खवर