“संघियता नै देश विकासको मुल बाटो हो” प्रदेश नं. २ विकास सभापति फुलबाबु

“संघियता नै देश विकासको मुल बाटो हो” प्रदेश नं. २ विकास सभापति फुलबाबु

विवेक शर्मा, रौतहट

रौतहट जिल्लाको मध्यभागमा रहेको गरुडा नगरपालिकाको वार्ड नं. २ गेडही गुठीमा शनिवार समाजबादी पाट्रि नेपालको दशै, तिहार तथा छठ पर्वको शुकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम समाजबादी पािट्र नेपालको वार्ड नं. २ को प्रत्यासी उमेदवार श्री कृष्णन्दन सहनीको अध्यक्षतामा र प्रदेश नं. २ को विकास समितिको अध्यक्ष शेख अबुल कलाम उर्फ फुलबाबुको प्रमुख अतिथ्यमा तथा गरुडा नगरपालिकाको नगर प्रमुख श्री इन्नु राय यादबको विशिष्ठ अतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको छ ।

शुभकामना आादन प्रदान कार्यक्रममा बोल्दै विकास सभापति फुलबाबुले भन्नु भयो “संघियता नै देश विकासको मुल बाटो हो” । संघियता विना देशको विकासमा दु्रतता ल्याउन सकिदैन । गत आर्थिक वर्षमा रौतहटको लागि जम्मा १९ करोड रकम विनियोजन गरेको थियो । जस मध्ये १२ करोड मात्र रौतहटको क्षेत्र नं. ४ को विधान सभा ख क्षेत्रमा विनियोजन गरी विकासका कार्यहरु सम्पन्न गर्नु भएको थियो । नेता जनताको शासक हैन सेवक हो वाहाले आफ्नो बक्तव्य राख्दै भन्नु भएको थियो ।

यसै कार्यक्रममा उक्त नगरपालिकाको वार्ड नं. २ को जनताहरुलाई कुनै किसिमको समस्या भए प्रत्यक्ष नगरप्रमुखले समाधान गर्न हरदम तत्पर रहने समाजबादी नेपालको युवा नेता अनिल यादबले जनताहरुलाई जानकारी गराउनु भयो । उक्त गाउँमा विकासको वश्यकताहरुको प्रत्यक्ष रुपमा जनताहरु सँग मंचमै समस्या संकलन कार्य समेत नगर प्रमुखले गरेका थिए । जसमा जनताहरुले गेडही टोलको पुर्वमा रहेको बजारटोलको लागि एक थान ट्र«न्सफरमर, एउटा हनुमान मंदिर, २ वटा नहरमा पुलको साथै पुरानो गेडहीमा एक थान ट्र«न्सफरमर, पुरानो गेडहीबाट शिवनगर जाने बाटो पिच, उक्त गाउँमा रहेको गढीमाईको मंदिर निमार्णको साथै उक्त गाउको विधालयमा अध्यापन गराउने बाल विकास शिक्षिकाको तलब ज्यादै कमि भएको हुनाले प्रोत्साहन स्वरुप भता बढाइ दिन समेत माग आएका थिए ।

कार्यक्रममा समाजबादी नेपालका युवा नेता राजकुमार दासले शुभकामना दिदै मदेशी पार्टीको इतिहास तथा मधेश आन्दोलनको बारेमा आफ्नो बक्तव्य राख्नु भएको थियो । शुभकामना दिने क्रममा गरुडा न.पा. वार्ड नं. ८ को वार्ड अध्यक्षको प्रत्यासी उमेदबार वशिष्ट राय यादब, युवा नेता कौशरखान मिथिला, समाजबादी नेपालको रौतहट जिल्ला इन्चार्ज बृजकिशोर राय यादब लगायत दर्जनौ कार्यक्रता तथा समाजबादी नेपालको नेताहरुले आफ्नो मन्तव्य व्यक्त गरेका थिए । यसको साथै उक्त कार्यक्रममा उपस्थित अतिथिहरुलाई स्वगत गर्न स्थानिय तथा रौतहट जिल्लाको चिर परिचित गायक बृजलाल सहनीले “रउआ पैयामो दिलबा बिछा देलि हम स्वगतम स्वागतम स्वागतम, रउआ रहियामे फुलवा बिछा देनि हम स्वगतम स्वागतम स्वागतम” भन्ने गितले आफ्नो सुमधुर गितले अतिथिहरुलाई स्वागत गरेका थिए ।

सम्बन्धित खवर