सन्दीप लामिछानेको टिमले जित्यो सीपीएलको उपाधि

सन्दीप लामिछानेको टिमले जित्यो सीपीएलको उपाधि

असोज २६, २०७६
क्याराबिन प्रिमियर लिग(सीपीएल)को उपाधि नेपालका लेग स्पीनर सन्दीप लामिछाने आवद्ध टोली बार्बाडोज ट्रिडेन्सले जितेको छ । आइतबार बिहान भएको खेलमा बार्बाडोजले गुएना अमेजन वारियर्सलाई २७ रनले हराउँदै उपाधि जितेको हो।
ट्रिनिड्राडको ब्रेन लारा रंगशालामा भएको खेलमा बार्बाडोजले टस टस जितेर पहिले ब्याटिङ गरी २० ओभरमा ६ विकेट गुमाउँदै १७१ रन बनाएको थियो। १७२ रनको लक्ष्य पछ्याएको गुएना अमेजनले २० ओभरमा ९ विकेट गुमाएर १४४ रन मात्रै बनाउन सक्यो।
पहिले ब्याटिङ गरेको बार्बाडोजका लागि जोनाथन कार्टरले २७ बलमा ५० रन बनाई टोलीमा लागि महत्वपूर्ण योगदान गरे। ओपनर जोनसन चाल्र्सले ३९ रन र एलेक्स हलेजले २८ रन बनाए। बार्बाडोजको जितका लागि रेमन रेफरले गुएनाको ४ विकेट लिए।
गुएना अमेजनका ब्रेन्डन किंगले सर्वा्धिक ४३ रन बनाए। किमो पउलले २५ र निकोलस पुरनले २४ रन जोडे । सीपीएल यस सिजनको सबै खेलमा अपराजित रहेको गुएना अमेजन फाइनलमा पराजित भएको हो।
समूह चरणका १० खेलमा ५ मा हार र ५ मा जित निकाल्दै अंक तालिकाको दोस्रो स्थानमा रहेको बार्बाजोड पहिलो क्यालिफयरमा गुएनासँग ३० रनले पराजित भएको थियो।
यस सिजनको ६ खेल खेलेका सन्दीपले ८ विकेट लिए। सिंगापुर र ओमानमा भएको टी–२० सिरिज खेल्नका लागि नेपाली टोलीमा आवद्ध भएका कारण सन्दीपले बाँकी खेल खेल्न पाएनन्।

सम्बन्धित खवर