एनआरएनए अन्तर्रा्ष्ट्रिय पत्रकारिता पुरस्कार ’सेजन’ र पत्रकार अर्याललाई

एनआरएनए अन्तर्रा्ष्ट्रिय पत्रकारिता पुरस्कार ’सेजन’ र पत्रकार अर्याललाई

आश्विन २६, २०७६
यस वर्षको एनआरएनए अन्तर्रा्ष्ट्रिय पत्रकारिता पुरस्कार बेलायतमा सक्रिय पत्रकार ध्रुवराज अर्याल र नेपालस्थित आर्थिक पत्रकार समाज नेपाल (सेजन) लाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।
गैरआवासीय नेपाली संघ बेलायतको सक्रियतामा स्थापना गरिएको यस पत्रकारिता पुरस्कारको राशी एक लाख रहेको छ । हरेक दुई वर्षमा नेपाल तथा नेपालबाहिर रही नेपाली पत्रकारितामा सक्रिय एक–एक जना पत्रकार वा संस्थालाई प्रदान यो पुरस्कार प्रदान गरिँदै आएकोसंघका प्रवक्ता भुषण घिमिरेले बताउनुभयो ।
पुरस्कारका लागि छनोटमा परेका पत्रकार अर्यालले पछिल्लो एक दशकदेखि बेलायतमा रहेर पनि सक्रिय रुपमा पत्रकारिता गर्दै आएका छन् । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक चिरञ्जीवी खनालको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिको सिफरिसअनुसार पुरस्कार विजेताको निर्णय गरिएको हो ।
घोषित एनआरएनए पत्रकारिता पुरस्कार काठमाडौंमा आयोजना हुने एनआरएनएको नवौँ विश्व सम्मेलनको समापनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रदान गरिने गैरआवासीय नेपाली संघ (एनआरएनए) का समाचार संयोजक चिरन शर्माले जानकारी दिनुभयो ।

सम्बन्धित खवर