उदयपुरमा आमा छोरीको हत्या, हत्यारा पत्ता लगाउन कुकुरको प्रयोग

उदयपुरमा आमा छोरीको हत्या, हत्यारा पत्ता लगाउन कुकुरको प्रयोग

उदयपुर, उदयपुरमा अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी आमा छोरीको हत्या गरेको छ । शुक्रबार राति त्रियुगा नगरपालिका ९ स्थित चौकीबारीमा आमा २८ वर्षिय सारदा कुमारी चौधरी (गोमा) र ९ वर्षकी छोरी रत्ना चौधरीको धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ । उनीहरुको घाटी रेटिएको अवस्थामा लाश छिमेकीले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतकको श्रीमान वैदेशिक रोजगारको क्रममा देश बाहिर रहेका छन् । मृतकका सासु ससुरा चौदण्डीगढी नगरपालिका ५ सिबाइमा बस्दै आएका छन् । उनिहरुको हत्या के कारणले कस्ले ग¥यो भन्ने अझै यकिन भएको छैन् । हत्यामा संलग्नलाई खोजीकार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीरबहादुर बुढामगरले बताए । मगरले भने “अनुसन्धानमा जुटेका छौं हत्यारा पत्ता लाग्ने नै छ । हत्यारा पत्ता लगाउन धरानबाट तालिम प्राप्त कुकुर समेत ल्याइएको छ ।”

सम्बन्धित खवर