कांग्रेसले गाउँपालिका अध्यक्ष, उपाध्यक्षलाई प्रशिक्षण दिने

कांग्रेसले गाउँपालिका अध्यक्ष, उपाध्यक्षलाई प्रशिक्षण दिने

आश्विन २५, २०७६
पार्टी र स्थानीय तहबीच समन्वय बढाउन कांग्रेसले मुलुकभरका गाउँपालिकामा आफ्नो पार्टीबाट निर्वा्चित अध्यक्ष तथा उपाध्यक्षका लागि प्रशिक्षण दिने भएको छ ।
उपसभापति विमलेन्द्र निधि संयोजक रहेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले कात्तिक १ र २ गते भक्तपुरमा प्रशिक्षण दिने कार्यक्रम राखेको छ ।
मुलुकभर कांग्रेसबाट निर्वा्चित अध्यक्षर उपाध्यक्षको संख्या ३ सय ९७ छ । भक्तपुरको बोडेमा हुने प्रशिक्षण कार्यक्रममा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष रहेका सम्बन्धित गाउँपालिकाका पार्टी अध्यक्षसमेत सहभागी हुनेछन ।

सम्बन्धित खवर