स्वास्थ्य राज्यमन्त्री नै सहभागी भएको कार्यक्रममा ग्यास सिलिण्डर पड्कियो , ४ जना घाइते

स्वास्थ्य राज्यमन्त्री नै सहभागी भएको कार्यक्रममा ग्यास सिलिण्डर पड्कियो , ४ जना घाइते

जनकपुरधाम, स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव सहभागी कार्यक्रममा ग्याँस सिलिण्डर पड्किदा ४ जना घाइते भएका छन् । मन्त्रि यादब प्रमुख अतिथि रहेको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुने अतिथिका लागि खानेकुरा पकाउन खटिएका चार जना ग्यास पड्किँदा घाइते भएका हुन् ।

महोत्तरीको गौशाला नगरपालिकामा समाजवादी पार्टीले दशैं, तिहार र छठ पर्वको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा सहभागी हुने अतिथिका लागि चिया, खाजा पकाउने चार जना ग्यास सिलिण्डर पड्किँदा घाइते भएका हुन् । घाइते हुनेमा गौशाला नगरपालिका ८ निवासी २७ बर्षीय ओम प्रकाश यादव, २८ बर्षीय कौशल यादव, १७ बर्षीय सन्तोष पासवान र सोही उमेरका रिकेश यादव छन् ।

उनीहरुको स्थानीय अस्पतालमा प्राथमिक उपचारपछि अहिले स्वास्थ्य राज्यमन्त्री डा. यादवको जनकपुरस्थित निजी अस्पताल जानकी हेल्थ केयरमा उपचार भइरहेको छ ।


सम्बन्धित खवर