लोकसेवाले खुलाउने भयो ९ हजार बढीको विज्ञापन

लोकसेवाले खुलाउने भयो ९ हजार बढीको विज्ञापन

ललितपुर, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले दशैं लगतै ९ हजार बढि कर्मचारीका लागि लोकसेवा आयोगले विज्ञापन गर्ने बताएका छन् । विभिन्न स्थानीय तहमा कर्मचारीको अभाव खड्कीरहेका बेला लोकसेवाले विभिन्न पदका लागि ९ हजार १६२ पदका लागि विज्ञापन गर्न लागेको हो ।

नेपालका विशिष्ट पदका व्यक्ति र निजामती कर्मचारीको क्षमता अभिवृद्धि गर्न काभ्रेको नवोबुद्ध नगरपालिकामा सङ्घीयता अध्ययन केन्द्र निर्माण गरिने पनि मन्त्रि पण्डितले जानकारी दिएका छन् ।

शनिबार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको ‘३७ औं वार्षिककोत्सव तथा कर्मचारी पुनःमिलन समारोह’ मा मन्त्री पण्डितले विभिन्न तीन तहको सरकारमा रहेका राजनतीतिक दल र निजामती कर्मचारीको कामलाई चुस्त र दुरुस्त बनाउन सो अध्ययन केन्द्रले सहयोग गर्ने बताए ।

उनले भने, “यो अध्ययन केन्द्रमा विश्वकै संविधान अवलम्वन गर्ने देशका मानिसहरुले बसेर अध्ययन र अनुसन्धान गर्न पाउने छन् ।” सरकारले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानलाई सातै प्रदेशमा विस्तार गर्न लागेको मन्त्री पण्डितले जानकारी दिए । उनले भने , “दुई महिनाभित्र सातै प्रदेशका भवन हस्तान्तरण गरी काम अघि बढाउने भएका छौं ।”

सम्बन्धित खवर