टर्की्विरुद्ध युरोपमा प्रतिबन्धको तयारी

टर्की्विरुद्ध युरोपमा प्रतिबन्धको तयारी

असोज २५, २०७६
टर्कीद्वारा सिरियामा चलाइएको सैनिक अभियानलाई लिएर यूरोपेली नेताहरूले आगामी हप्ता हुने यूरोपेली संघ (इयू) सम्मेलनमा प्रतिबन्धका बिषयमा छलफल गरिने फ्रान्सका इयू मामिला मन्त्री अमिली दे मोन्टचालिनले शुक्रबार बताइन्।
दे मोन्टचालिनले फ्रान्स इन्टर रेडियोसँग भनिन्, “पक्कै पनि इयूले टर्की्विरूद्ध प्रतिबन्धका लागि तयारी अवस्थामा छ। प्रस्ताव छलफलका लागि इयूमा दर्ता भइसकेको छ।
यसबारे आगामी हप्ता यूरोपेली परिषद्मा छलफल हुने छ।” उनले थपिन्, “अहिले कुनै बिषय पनि बन्द भएको छैन। सबै बिषय छलफलका लागि खुला छन्।” मोन्टचालिनले भनिन्, “जतिवेला यूरोपेली नागरिकको प्रतिकुल तथा यूरोप क्षेत्रमा अस्थिरताविरोधी गतिविधि हुन्छन् यूरोपेली शक्ति शक्तिहीन बनेर बस्ने छैनन्।”
बिहीबार २८ सदस्यीय यूरोपेली समूहले संयुक्त विज्ञप्ति जारी गरी टर्कीलाई सिरियाको उत्तरी क्षेत्रमा सैन्य गतिविधि रोक्न आह्वान गरेको थियो।

सम्बन्धित खवर