सिन्धुपाल्चोक दुर्घटना ः मृतकका परिवारलाई गाउँपालिकाले २५ हजार दिने

सिन्धुपाल्चोक दुर्घटना ः मृतकका परिवारलाई गाउँपालिकाले २५ हजार दिने

असोज २५, २०७६
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा शुक्रबार भएको बस दुर्घटनामा मृत्यु भएका परिवारलाई गाउँपालिकाले जनही २५ हजार रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ ।
दशैं मनाएर इन्द्रावती–१० स्थित बडहरेबाट काठमाडौं फर्किँदै गर्दा हेलम्बु यातायातको बस दुर्घटनामा परेको थियो। दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो। बा २ ख २७१५ नम्बरको सो बस सडकबाट २०० मिटर तल खसेको र बस चालकको समेत मृत्यु भएको थियो।
केही घाइतेको अवस्था गम्भीर रहेको र मृतकको सङ्ख्या बढ्न सक्ने बताइएको छ। बसमा ८० जनाभन्दा धेरै यात्री चढेका थिए। ओभरलोडकै कारण बस दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।
बस दुर्घटनाको उद्धारका लागि खट्ने स्थानीयवासी, प्रहरीलगायत सबैमा गाउँपालिकाले धन्यवाद दिएको छ। इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले घाइतेको उपचारका लागि आफ्नोतर्फबाट सकेसम्मको सहयोग गर्ने र कुनै कमी हुन नदिने बताएका छन् ।

सम्बन्धित खवर