निजामती कर्मचारीलाई सरकारको उर्दी ः सीको स्वागत गर्न माइतीघरमा आउनू

निजामती कर्मचारीलाई सरकारको उर्दी ः सीको स्वागत गर्न माइतीघरमा आउनू

२०७६ असोज २४ गते
शनिबार काठमाडौं आउने चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागत र विदाइका लागि निजामती कर्मचारीलाई सडकमा खटाइने भएको छ ।
राष्ट्रपति सी नेपाल आउने दिन शनिबार र स्वदेश फर्किने दिन आइतबार कर्मचारीले नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म निजामती कर्मचारीले स्वागत गर्नेछन् । त्यसका लागि निजामती कर्मचारीहरुलाई निजामती पोसाक लगाएर शनिबार दिउँसो ३ः४५ बजे र आइतबार विहान ११:१५ बजे आउन भनिएको छ ।
स्रोतका अनुसार सबै मन्त्रालयलाई १०० जना कर्मचारी ल्याउनपर्ने कोटा तोकिएको छ । कर, मन्त्रालयहरुलाई कर्मचारी राख्ने आआफ्नो ठाउँ तोकिएको छ ।
तोकिएको ठाउँमा कर्मचारी आए नआएको हेर्न सडकमै हाजिर गर्ने व्यवस्था समेत मिलाइएको छ ।
अनलाइन खबर

सम्बन्धित खवर