सिन्धुपाल्चोकमा बस दुर्घटना, ५ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

सिन्धुपाल्चोकमा बस दुर्घटना, ५ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

२०७६ असोज २४ गते
सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ५ जना यात्रुको मृत्यु भएको छ भने ४० भन्दा बढी घाइते भएका छन् ।
सिन्धुपाल्चोकको सुपाघाटबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा शुक्रबार बिहान ९ः५५ बजे दुर्घटना भएको हो । दुर्घटनामा ४ पुरुष र १ महिलाको ज्यान गए पनि उनीहरूको सनाखत हुन नसकेको सिन्धुपाल्चोकमा कार्यरत नेपाल प्रहरीका डीएसपी माधव काफ्लेले  जानकारी दिए ।
दशैं मनाएर काठमाडौं फर्कंदै गरेका ४० भन्दा बढी यात्रु घाइते भएका छन् ।
दुर्घटनाग्रस्त बस सडकबाट अन्दाजी ६० मिटर तल खसेको छ । डीएसपी काफ्लेका अनुसार बस दुर्घटनाको कारण खुलेको छैन । उनले यसबारे प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिए ।

सम्बन्धित खवर