आइतबार सार्वजनिक बिदा

आइतबार सार्वजनिक बिदा

आश्विन २४, २०७६
चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको अवसर पारेर सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
राष्ट्रपति सीले शनिबार र आइतबार नेपालको भ्रमण गर्ने तय भएको छ । सरकारका प्रवक्ता गोकुल बास्कोटाले गृहले आज (शुक्रबार) सूचना जारी गर्ने बताए ।

सम्बन्धित खवर