आश्विन २४, २०७६
विश्वका विभिन्न मुलुकको इतिहास र पछिल्लो अभ्यास हेर्ने हो भने, त्यहाँको विकासमा गैरआवासीय नागरिकको योगदान उल्लेख्य छ । चीन, भारत, कोरिया जापानजस्ता राष्ट्रको विकासमा त्यहाँका प्रवासी नागरिकले गरेको लगानीको हिस्सा ठूलो छ । यसै सन्दर्भमा गैरआवासीय नेपाली एनआरएनको ज्ञान, सीप र पूँजी स्वदेश केन्द्रित गर्न पनि सरकारले प्रभावकारी नीति र योजना कार्यन्वयनमा ल्याउनुपर्ने सरोकारवालाको जोड दिएका छन् ।
उपयुक्त र सुरक्षित वातावरणको निर्माण गरी लगानी आकर्षित गर्ने खालका योजना, लगानीका क्षेत्र निर्धारण र लगानीका सम्भाव्य आधारहरु तय गर्ने तर्फ सरकारको पनि ध्यानाकर्षण हुनु आवश्यक रहेको अर्थ्विद डा रघुबीर विष्टले बताउनुभयो ।
गैरआवासीय नेपालीले अघि सारेको नेपालमा १० अर्ब लगानी भित्र्याउने योजना लाई मूर्त रुप दिन सरकारले स्रोतको सम्भाव्यता अध्ययन, लगानीकर्ता पहिचान, लगानीका क्षेत्र पहिचान गर्न मद्दत गर्नुपर्ने यस्तै अर्थ्विद डा पोषराज पाण्डेले बताउनुभयो ।
यसअघि नै गत चैतमा गैरआवासीय नेपाली संघले नेपालमा १० अर्बको सामुहिक लगानी कोष स्थापनाका लागि सरकारसँग समझदारी गरेको थियो । यसैबीच आज १६ औँ गैरआवासीय नेपाली दिवस विभिन्न कार्यक्रम गरी मनाइदैछ
दिवसका अवसरमा संघले आज एनआरएनए हेरिटेज वाकथुन समेत आयोजना गरेको प्रवत्ता भूषण घिमिरेले बताउनुभयो ।
कान्तिपुर
