सिरहामा एसएलआर राइफल गोली सहित एक युवा पक्राउ

सिरहामा एसएलआर राइफल गोली सहित एक युवा पक्राउ

राजेन्द्र महतो, लहान

सिरहा को बरियारपट्टि गाउँपालिकाबाट सिरहा प्रहरीले एसएलआर राइफल गोली सहित एक युवकलाई पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय बरियारपट्टि, सिरहाबाट खटिएको टोलिले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ निवासी २० वर्षीय रामविनय साहलाई एसएलआर राइफल गोली सहित पक्राउ गरेको हो।

भारतबाट स ९ प १७२९ नम्बरको मोटरसाइकलमा नेपालतर्फ आइरहेको अवस्थामा प्रहरीले चेक जाँच गर्ने क्रममा साह्को साथबाट एसएलआर राइफल गोली सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । पक्राउ गरेका साहलाई आबश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यलय सिरहामा राखी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय सिरहाका प्रबक्ता तथा डिएसपी अपिल राज बोहराले जानकारी दिए ।

सम्बन्धित खवर