युगकविको जन्मस्थलमा ३४ फिटको राष्ट्रिय झण्डा फहराइयो

युगकविको जन्मस्थलमा ३४ फिटको राष्ट्रिय झण्डा फहराइयो

असोज २३, २०७६
युगकवि सिद्धिचरण श्रेष्ठको जन्मभूमिमा ३४ फिटको राष्ट्रिय झण्डा फहराइएको छ । प्रदेश १ सरकारको सहयोगमा संविधान दिवसको अवसर पारेर फहराइने भनिएको झण्डा केही हप्तापछि मात्रै फहरायएको हो।
प्रदेश सरकारको सहयोगमा ओखलढुंगा आइपुगेको राष्ट्रिय झण्डा र पोल पर्यटकीय क्षेत्रको रूपमा परिचित सिद्धिचरण श्रेष्ठको जन्ममस्थानमा फहराइएको हो । ओखलढुंगा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई मनोरम दृश्य देखाउन सिद्धिचरण श्रेष्ठको जन्मस्थलमा रहेको उनको पूर्णकदको शालिक नजिक झण्डा फहराइएको ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद आर्चायले जानकारी दिए ।
ओखलढुंगा आइपुग्ने आगन्तुकले सिद्धिचरणको शालिक र ओखलढुंगाको मात्रै नभई राष्ट्रिय झण्डाको पनि फोटो खिचेर जाने उनको भनाई छ । ओखढुंगा आउने आन्तरिक तथा बाह्य पर्यटकले प्रचार गरेर अरुलाई पनि यहाँ आउन प्रेरित गर्नका लागि सदरमुकाममा जिल्लाको परिचय बोकेको ओखल जस्तै देखिने ढुंगो, सोही ठाउँमा युगकवि श्रेष्ठको पूर्णकदको शालिक, संग्रहालय र श्रष्टापार्कको प्रवेशद्वार बनाइएको छ ।
सिद्धिचरण नगरपालिकाकालाई पर्यटकीय नगरका रूपमा विकास गरिने नगरप्रमुख मोहनकुमार श्रेष्ठको भनाई छ । जिल्लामा अहिले सम्मकै ठुलो झण्डा फहराइएको, लगलगे भ्यु टावर, श्रष्टापार्क, सिद्धिचरण पार्क, संग्रहालय ओखलढुंगो, ठाडेहोमस्टे सहितका क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउन आवश्यक पहल भइरहेको उनले बताए।
पूर्वाधारको अभाव र प्रचारको अभावमा सिद्धिचरण नगरक्षेत्रका सम्भावित ठाउँहरू ओझेलमा छन्। पर्यटकहरूमा सिद्धिचरण श्रेष्ठले ‘मेरो पियारो ओखलढुंगा’ कवितामा लेखेको जस्तो ओखलढुंगा हेर्ने चाहाना राखेपनि कवितामा उल्लेख गरिएजस्तो सफा, स्वच्छ र सुन्दर बनाउन नसकिएको आवाज पनि उठ्ने गरेका छन् ।

सम्बन्धित खवर