पथरीमा खुलेआम यौन धन्दा, १४ वर्षीय बालिका सहित खोटाङ्गे चाम्लिङ होटलका संचालक पक्राउ

पथरीमा खुलेआम यौन धन्दा, १४ वर्षीय बालिका सहित खोटाङ्गे चाम्लिङ होटलका संचालक पक्राउ

पथरी, पछिल्लो समय मोरङको पथरीमा पनि यौन धन्दा चल्ने गरेको पाइएको छ । आइतबार राति पथरीशनिश्चरे–१ मा संचालनमा रहेको खोटाङ्गे चाम्लिङ होटल एण्ड लजमा छापा मार्दा व्यावसायिक रुपमा यौन धन्दा भइरहेको भेटिएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

छापा मार्दा यौनकर्मी राखेर नै यौन धन्दा चलाएको पाइएको हो । सो समयमा २ जोडी सहित होटल संचालक सुनिता र बिजय राईलाई पक्राउ गरेको प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरु मध्ये १ जना १४ वर्षकी बालिका पनि रहेको प्रहरीले जनाएको छ ।

संचालकलाई मानव वेचविखन तथा ओसार पसार अन्तर्गत मुद्दा चलाइएको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए । अधिकारीले भने–‘यौन व्यवसायमा संलग्न मध्ये १४ वर्षीय युवती समेत रहेको पाइएको छ । होटल संचालकद्वय राईले युवतीहरुलाई प्रलोभनमा पारी यौनजन्य कार्यमा संम्लग्न गराएकाले संन्चालकद्वयलाई मुद्दा चलाइएको हो ।’

पथरीका अन्य होटल तथा लजमा पनि यस किसिमको कार्य हुदै आएको सूचना आएको र यसका लागि प्रहरीले अप्रेशन चलाइने बताइएको छ । वेश्यागमनमा लगाउनेलाई १० देखि १५ वर्ष जेल र १ लाखसम्म जरिवाना हुनेछ भने वेश्यगमनमा संम्लग्नलाई समेत १ देखि ३ महिना सम्म जेल सजाय हुन सक्ने प्रावधान रहेको छ ।


सम्बन्धित खवर