ट्रम्प थप संकटमा स् महाअभियोग मुद्दाका अर्का सूचनादाता पनि अगाडि आए

ट्रम्प थप संकटमा स् महाअभियोग मुद्दाका अर्का सूचनादाता पनि अगाडि आए

असोज २०, २०७६
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाअभियोग मुद्दामा थप एकजना सूचनादाता अगाडि आएका छन्। यसअघिका सूचनादाताका वकिल फेरि अर्का सूचना दाता पनि अगाडि आएको बताएका हुन्।
मार्क जैडले एबिसी न्युजलाई बताएअनुसार यी व्यक्ति एक गुप्तचर अधिकार हुन्। यी व्यक्तिको दाबीका बारेमा कुनै आधिकारिक जानकारी सार्वजनिक भएको छैन। ह्वाइट हाउसले यसबारेमा कुनै प्रतिक्रिया दिएको छैन। यद्यपि यसअघि राष्ट्रपति ट्रम्पले कैयौँ पटक आफूमाथि लागेका आरोपको खण्डन गरिसकेका छन्।
जैडले बताएअनुसार दोस्रो सूचनादातासँग ट्रप्पले युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग २५ जुलाइमा गरेका फोन कलसँग जोडिएका मजबुद जानकारी छन्। यसै फोन कल सम्बन्धमा पहिलो सूचनादाताले पनि यही वर्षको अगस्तमा जानकारी दिएका थिए।
यसअघि शुक्रबार अन्तर्रा्ष्ट्रिय संचार माध्यम न्युयोर्क टाइम्सले पनि ट्रम्पको कलसँग जोडिएको घटनाक्रमको सीधा जानकारी राख्ने व्यक्ति पनि अगाडि आउने उल्लेख गरेको थियो।
यद्यपि अहिलेसम्म जैडले भनिएका व्यक्ति र न्युयोर्क टाइम्सको खबरमा उल्लेख गरिएका व्यक्ति एकै हुन कि अलगअलग पुष्टि भएको छैन। यता, ट्रम्प निजी वकिल रुडी जुलियानीले ट्विट गर्दै आफू अर्को गोपनीय स्रोत बाहिरिँदा आफूलाई कुनै पनि प्रकारको प्रभाव नपरेको बताइकी छन्। उनले यसलाई राजनीतिबाट प्रेरित घटना बताएकी छन्।

सम्बन्धित खवर